NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डोटी अपडेट : आदर्शमा कांग्रेस, जोरायलमा एमाले विजयी

काठमाडौं । डोटीको दुई स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । यहाँको आदर्श गाउँपालिका र जोरायल गाउँपालिकाको अन्तिम नतिजामा एउटामा कांग्रेस र अर्कोमा एमाले विजयी भएको छ ।

आदर्श नगरपालिकामा कांग्रेसका गणेशबहादुर खड्काको पल्लाभारी भएको छ । विजयी खड्काले ३ हजार ७७३ मत हासिल गरेका छन् ।

उनीसँग नेकपा एमालेका डम्मरबहादुर ओली र माओवादीका योगेन्द्रबहादुर खड्का प्रतिस्पर्धामा थिए । ओलीले ३ हजार ३७७ र खड्काले ९०७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लक्ष्मी धामी ३ हजार ६७४ मतसहित विजयी भएकी छन् ।

एमालेकी जानकी शाही ३ हजार ३८९ मतका साथ दोस्रो र एकीकृत समाजवादीका रमेशबहादुर विष्ट ३३३ मत ल्याएर तेस्रोमा खुम्चिए ।

उता, जोरायल गाउँपालिकामा भने नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतसहित यहाँ विजयी बनेका हुन् ।

यहाँ प्रतिस्पर्धी रहेका कांग्रेसका दीपककुमार विष्टले ३ हजार ४१२ र एकीकृत समाजवादीका किरण मल्लले १ हजार ६५९ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी जमुनाकुमारी बोहरा रोकाया ३ हजार ५९९ मत ल्याएर निर्वाचित भएकी छन् । उनलाई सुरुवातदेखि नै नजिकबाट पछ्याएकी चन्द्राकुमारी साउदले ३ हजार ५१७ मत पाइन् । यहाँ माओवादी तेस्रो स्थानमा छ । माओवादीकी प्रेमाकुमारी ओलीले १ हजार ३१७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।