NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

समाजवादीलाई फराकिलो मतान्तरमा हराउँदै त्रिवेणीमा कांग्रेस विजयी

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् ।

त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट खिमबहादुर रावत, एकीकृत समाजवादीबाट डिल्लीबहादुर केसी र एमालेबाट लोकेन्द्रसिंह खड्का प्रतिस्पर्धामा थिए । जसमा रावतले ३३६९ मतका साथ केसीलाई हराएका छन् ।

केसी मात्रै २०१७ मत बटुल्न सफल भए । एमाले भने यहाँ १ हजार ७९६ मत ल्याएर तेस्रोमा खुम्चिएको छ ।

उपाध्यक्षमा सीता खड्का ३१८६ मतका साथ विजयी भएकी छन् । उनीसँग प्रतिस्पर्धामा रहेका माओवादीका राजेन्द्रकुमार थापाले २०३५ र एमालेकी कलावती वलीले १८१९ मत ल्याए ।