NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका लावती विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेका बमप्रसाद लावती निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिमप्रसाद सम्वाहाम्फेलाई १५७ मत अन्तरले पराजित गर्दै लावती विजयी भएका हुन ।

लावतीले ३०५७ मतप्राप्त गर्दा सम्वाहाम्फेले २९०० मत पाप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । एमालेकी सिता आचार्यलाई ३४ मतले हराउँदै खड्का विजयी बनेका हुन् ।

खड्काले २७५८ मतप्राप्त गरे भने आचार्यलाई २७२४ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय कुम्मायमले जनाएको छ ।

लावती र खड्का गठबन्धनको तर्फबाट उमेदवार बनेका थिए । गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एकातर्फ र एमाले अर्कोतर्फ रहेर चुनावी मैदानमा उत्रिएका थिए ।

५ वटा रहेको यस गाउँपालिकामा वि.स. २०७४ सालको स्थानीय निर्वाचनमा ४ वडा अध्यक्ष सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा समेत जीत हासिल गरेको थियो ।

१ नम्बर वडाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी बनेका थिए ।

यसपटक भने वडा नं १ मा गठबन्धनका तर्फबाट जसपाका देवेन्द्रकुमार लाओती, वडा नं २ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बालकृष्ण शर्मा , विजयी बनेका छन् ।

यसैगरी बाँकी ३ वटा वडा अध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी बनेका छन् । एमालेका तर्फबाट वडा नं ३ मा बावुराम कार्की, वडा नं ४ मा फगेन्द्रकुमार सम्बाहाम्फे र वडा नं मा ५ निर्मलराज घिमिरे विजयी बनेका हुन् ।