NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भक्तपुरमा नेमकिपाको अहिलेसम्मकै फराकिलो जित

भक्तपुर । यसपटकको स्थानीय तह निर्वाचनको अहिलेसम्म सार्वजनिक मतपरिणाममा सबैभन्दा फराकिलो मतअन्तरमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ ।

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाको मेयर र उपमेयरमा नेमकिपाका उम्मेदवार देशभरबाट सार्वजनिक भएका परिणाममा सबैभन्दा फराकिलो अन्तरमा विजयी भएका हुन् ।

नेमकिपाबाट मेयर उम्मेदवार सुनिल प्रजापतिले २९ हजार र उपमेयर रजनी जोशीले २९ हजार ६९५ मतका साथ जित दर्ज गराएका हुन् ।

मेयरकाे याे प्रतिस्पर्धामा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ र नेकपा एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६६७ मत मात्र ल्याउन सके ।

भक्तपुर नगरपालिकामा प्रजापति र जोशीको यो दोस्रो कार्यकाल हो ।