NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कीर्तिपुरमा कांग्रेसको अग्रता

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गरेका छन् । सोही पदमा नेकपा (एमाले) का केशरत्न बज्रचार्यले तीन हजार ७८२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गरेका छन् भने एमालेका बिन्दु महर्जनले चार हजार ९७१ मत प्राप्त गरेकी छन् ।

दश वडा रहेको उक्त नगरपालिका– ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले एक हजार ३८० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बानियाँले एक हजार ५७ मत प्राप्त गरे ।

वडा नं ५ मा कांग्रेसका राजेन्द्रकुमार महर्जनले एक हजार ३४० मतसहित विजयी भएका छन्, उनको निकटतम प्रतिस्पर्धी एमालेका सुशील महर्जनले ७३१ मत प्राप्त गरे ।

वडा नं ६ मा कांग्रेसका खिरमान बस्नेतले एकहजार ३३३ मत प्राप्त गरी निर्वाचित भएका छन्, उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का सुशील डङ्गोलले ८७० मत प्राप्त गरेका थिए ।

वडा नं ७ मा कांग्रेसका दिवाकर शर्मा अधिकारीले ६८७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर महर्जनले ३९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिइन् ।

अन्य वडाको मतगणना जारी छ । कूल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।