NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

उर्लाबारी १ र ३ मा एमालेको प्यानलै विजयी

काठमाडौं । उर्लाबारी नगरपालिका वडा नम्बर १ र ३ मा नेकपा (एमाले)को प्यानलै विजयी भएका छन् ।

वडा नम्बर १ को अध्यक्षमा तिलक पाण्डे र ३ को अध्यक्षमा भीष्म बुढाथोकीसहितको प्यानल निर्वाचित भएको हो ।

पाण्डेले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका गोपाल भट्टराईलाई हराएका हुन् । यस्तै, बुढाथोकीले कांग्रेसकै गञ्जबहादुर कार्कीलाई पराजित गरेका हुन् ।