NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बीमा समितिमा २८८ वटा उजुरी, ९४ वटाको मात्रै फैसला

काठमाडौं । बीमा समितिमा चालु आर्थिक चैत्रसम्ममा २८८ वटा उजुरी परेको छ । जसमध्ये समितले हालसम्म ९४  वटाको मात्रै  फैसला गरेको छ ।

समितिले बीमा कम्पनीविरूद्ध दर्ता गराएका उजुरीमध्ये  १९४ वटा उजुरीको फैसला गर्न बाँकी छ । बीमितले दिएका बीमा दाबी सम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी ती उजुरीलाई किनारा लगाइएको समितिले जनाएको छ ।

बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमासम्बन्धी विवादमा मध्यस्थता गर्ने एवं बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमकका विरूद्ध बीमितले दिएको उजुरीमाथि निर्णय गर्ने अर्धन्यायिक निकायका रूपमा स्थापना गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष