NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भरतपुरमा मतगणना स्थगित हुनुको कारण यस्तो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना विवादपछि स्थगित भएको छ ।

सत्तारूढ गठबन्धनमाथि नेकपा एमालेले धाँधलीको आरोप लगाएपछि त्यहाँ मतगणना स्थगित भएको हो ।

धाँधलीको आरोपसँगै एमालेका प्रतिनिधि मतगणनास्थल छाडेर बाहिरिएका छन् ।

स्वस्तिक छाप धमिलो भएको मतपत्र एक कर्मचारीले सदर गरेपछि एमालेका कार्यकर्ताले बदर हुनुपर्ने माग गर्दै मतदानस्थल छोडेका हुन् ।

सोमबार एमालेले गठबन्धनमाथि धाँधलीको आरोप लगाएपछि दुईपटक मतगणना स्थगित भएकोमा दुवैपटक सहमतिमा पुनः सुरु भएको थियो ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पुत्री रेनु दाहालसँगै एमालेबाट विजय सुवेदी उम्मेदवार छन् । कांग्रेसबाट टिकट नपाएपछि त्यहाँ बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले रेनुलाई मत बढाउनबाट रोकिरहेका छन् । झिनो मतान्तरसहित लिड गरिरहेकी रेन दाहालको ५३१३, सुवेदीको ५३१० र पौडेलको २५३६ छ ।