NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

२४ वर्षीया गीता बनिन् शिवालय गाउँपालिकाको उपाध्यक्ष

जाजरकोट । शिवालय गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । उनले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

शाहीले २६५९ मत ल्याएकी छन् भने नैनसराले २४२९ मत प्राप्त गरेकी थिइन् । विद्यार्थी राजनीतिबाट सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।