NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जाजरकोटको नलगाड नगरपालिकामा फराकिलो अन्तरले माओवादीको जित

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले ५५९९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३६२६ मत ल्याएका थिए ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता बोहरलाई हराउँदै नेपाली कांग्रेसकी सुरिता सिंह विजयी भएकी छन् । सुरिताले ५४०४ र सुनिताले २०१३ मत प्राप्त गरेका थिए ।

नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।