NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

स्थापितभन्दा बालेन ५०१० मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ५०१० मतले अगाडि छन् ।

बालेनले १०७९७ मत ल्याएका छन् भने स्थापितले ५७८७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५०७४ मत ल्याएकी छिन् ।