NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्लास्टिक सर्जरीका कारण भारतीय अभिनेत्रीको मृत्यु

मुम्बई । भारतीय अभिनेत्री चेतना राजको प्लास्टिक सर्जरीका कारण मृत्यु भएको छ । चेतना सोमबार ‘फ्याट फ्रि सर्जरी’का लागि कर्नाटकस्थित बेंगलुरुको सेट्टी अस्पतालमा भर्ना भएकी थिइन् । उनको शल्यक्रिया योजना अनुसार हुन सकेन । उनी २१ वर्षकी थिइन् ।

सर्जरीपछि उनको फोक्सोमा पानी जम्मा हुन थालेपछि अवस्था जटिल बनेको हो । उनका अभिभावकले चिकित्सकको लापरवाहीले गर्दा उनको मृत्यु भएको भन्दै उजुरी गरेका छन् ।

चेतना राज ‘गीता र दोरेसानी’ जस्ता सिरियलमा उनी आफ्नो भूमिकाका लागि परिचित थिइन् ।