NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

टोखामा पुनः अधिकारी विजयी, थोरै मतले पछि परिन् कांग्रेसकी रजनी

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी विजयी भएका छन् । १०३४० मत ल्याएर अधिकारी पुनः मेयरमा निर्वाचित भएका हुन् ।

१७४ मतले पछि परेकी कांग्रेसकी रजनी थापाले १०१६६ मत ल्याइन् ।

उपमेयर भने कांग्रेसले जितेको छ । कांग्रेसका मुरारी तामाङ १०१३२ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी ज्ञानमाया डंगोलले ९५१८ मत ल्याइन् ।