आधा स्थानीय तहको नतिजा आउँदा कांग्रेस, एमाले र माओवादीले अहिलेसम्म कति–कति जिते ?
काठमाडाैं । स्थानीय तह निर्वाचन अन्तर्गत आधाभन्दा बढी तहको नतिजा आएको छ । ७५३ स्थानीय तहमध्ये आधाजसोको नतिजा आएको हो ।
यो नतिजामा नेपाली कांग्रेस सबैभन्दा अगाडि छन् । १८२ स्थानीय तह जित्ने क्रममा कांग्रेसले ४८ नगरपालिका र १३४ गाउँपालिका जितेको छ ।
दोस्रो स्थानमा रहेको एमालेले २५ नगरपालिका प्रमुख र ८६ गाउँपालिका अध्यक्ष गरी १११ स्थानीय तहमा जित हात पारेको छ ।
माओवादीले ९ नगरपालिका र ६८ गाउँपालिका गरी ७७ वटा स्थानीय जितेको छ ।
नेकपा एकीकृत समाजवादीले ६, जसपाले पाँच र अन्यले ८ स्थानीय तहमा जित हात पारेका छन् ।
अग्रतामा पनि कांग्रेस नै छ । उसले ६४ नगरपालिका र ४९ गाउँपालिकामा अग्रता बनाइरहेको छ । एमालेले ५१ नगरपालिका र ३४
गाउँपालिकाका अग्रता बनाइरहेको छ । माओवादीले १४ नगरपालिका र १९ गाउँपालिकामा अग्रता बनाइरहेको छ ।
महानगरपालिकातर्फ काठमाडौं बाहेक ५ वटैमा सत्ता गठबन्धनका उम्मेदवारले फराकिले मतान्तर बनाउँदै लगेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया