NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उपमहानगरमा एमालेले खाता खोल्यो : गठबन्धनलाई हराउँदै घोराहीमा प्रमुख र उपप्रमुखमा विजयी

काठमाडौं । नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उप्रमुखमा विजयी भएको छ ।

एमालेका नरुलाल चौधरीले ३१ हजार ७ सय २८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार तीन ६८ मत पाएका छन् । चौधरीले ५ हजार ३ सय ६० मतान्तरले प्रतिस्पर्धीलाई हराएका हुन् ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकी हुमा कुमारी डिसी निर्वाचित भएकी छन् । डिसीले ३० हजार ४०३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३५४ मत पाएका छन् ।