NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बालेनले लिए स्थापितमाथि ११ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता झौ बढाउँदै लगेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा हाबी हुँदै गएका छन् ।

बालेन स्थापितभन्दा ११०७३ मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।

बालेनले २२८४२ मत ल्याएका छन् भने स्थापितले ११७६९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १०९८६ मत ल्याएकी छिन् ।

बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।