स्थापितको वडामा फेरि बालेन अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गत अहिले वडा नम्बर २८ को मतगणना जारी छ । एमालेका उम्मेदवार केशव स्थापितको वडासमेत रहेको यो क्षेत्रमा आज फेरि स्वतन्त्र उम्मेदवार बालेन शाह अघि रहेका छन् ।
अहिलेसम्म २२२१ भोट गणना भइसकेकोमा बालेनको पक्षमा ५७१ भोट आएको छ । यस्तै, स्थापितले आफ्नै वडामा ५३९ मतमात्र ल्याएका छन् । यसैगरी, सिर्जना सिंहले ५०७ भोट ल्याएका छन् ।
मंगलबार भएको वडा नम्बर २८ को सुरुवाती गणनामा पनि बालेन अगाडि थिए । तर बुधबार स्थापितले अग्रता लिएका थिए । आज फेरि बालेन अघि देखिएका हुन् ।
स्थापितले वडा नम्बर २८ अन्तर्गत बागबजारस्थित पद्मकन्या क्याम्पसमा मतदान गरेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया