NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

देशभर ६३८ पालिकाको नतिजा आयो

काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा देशभरका ७५३ स्थानीय निकायमध्ये शुक्रबारसम्म ६ सय ३७ वटा पालिकाको नतिजा आएको छ ।

यीबाहेक महानगर, उपमहानगर र विवादका कारण मतदान रोकिएका केही पालिकाको नतिजा आउन बाँकी छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै पालिका जितेर नेपाली कांग्रेस अग्र स्थानमा छ ।

कांग्रेसलाई नेकपा एमाले पछ्याएको छ । कांग्रेसले अहिलेसम्म नतिजा आएका पालिकामध्ये २८३ वटामा प्रमुख तथा अध्यक्ष जितेको छ ।

एमालेले १७८, माओवादीले १११, जसपाले २०, एकीकृत समाजवादीले १४, लोसपाले ७ वटा पालिकामा प्रमुख एवं अध्यक्ष जितेका छन् । आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष