NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपालले दियो युगाण्डालाई ९८ रनको लक्ष्य

काठमाडौं । चौंथो महिला टि–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले पाहुना टोली युगाण्डालाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो ।

पानी परेर मैदान ओसिलोकाले खेल ढिलागरी सुरु भएको थियो । त्यसमा पनि खेल १८ ओभरमा घटाइएको थियो । तर, १८ ओभर सकिन १ बल बाँकी छँदा नेपाल अलआउट हुन पुग्यो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् । यस्तै, विन्दू रावलले १६, सीता राना मगरले ११, कविता कुँवर, डोली भट्ट र अश्मिना कर्माचार्यले ६–६, अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री तथा इन्दु वर्माले समान १÷१ रनमा बनाए । कविता अविजित रहिन् ।

५ खेलको सिरिज युगाण्डाले ३–० ले जितिसकेको छ ।

बिहीबार नेपाललाई ६ विकेटले हराएर युगान्डाले सिरिज दुई खेल अगावै जितेको हो ।