NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्षअघि बलात्कारमा परेको भनेकी युवतीको घरमा प्रहरी टोली पुगेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा परामर्शदातासहितको टोली उनको घरमा पुगेको हो ।

सन् २०१४ मा सौन्दर्य प्रतियोगितामा सहभागी भएपछि आयोजकले उनलाई होटेलमा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको र ब्ल्याकमेल गर्दै ६ महिनासम्म पटकपटक यौन शोषण गरेको भन्दै बुधबार सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

घटना भएकाे लामाे समय भइसकेका कारण बलात्कारसम्बन्धी कानुनकाे हदम्यादले मुद्दा दर्ता हुन नसक्ने शंका गरिरहेकाे बेला प्रहरी ती युवती भेट्न पुगेकाे हाे ।

शुक्रबार संसदमा पनि यसबारे कुरा उठाएपछि सभामुख अग्नी सापकाेटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।

यस घटनामा पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि तानिएकी छिन् ।

 

बलात्कारको मुद्दा संसदमा उठ्यो, छानबिन गर्न निर्देशन

पीडितले भोगेको पीडाका लागि आफू पनि जिम्मेवार भएको भन्दै माफि मागिन् माल्भिका सुब्बाले

 

यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो