NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

असईले अभद्र व्यवहार गरेको भन्दै बाराका म्यादी प्रहरी प्रदर्शनमा

काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई)ले अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरी प्रदर्शनमा उत्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको भन्दै म्यादी प्रहरीहरूको प्रदर्शनमा उत्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका आक्रोशित म्यादी प्रहरीको भिडले प्रहरीमाथि ढुंगामुढा समेत गरेको बताइएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने अभद्र व्यवहार गर्ने असईलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।