NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता, कसको कति मत ?

काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता थप फराकिलो हुँदै गएको छ ।

हालसम्म ५६२२६ मत गणना भएकोमा हमालले २४५२९ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेसका नृपबहादुर वड धेरै पछि छन् । उनले १२७७१ मात्र ल्याएका छन् । हमाल वडभन्दा ११७५८ मतले अगाडि छन् ।

यसैगरी एमालेका रणबहादुर चन्दले ६४२३ मत ल्याएका छन् । उनी तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने एमालेकी कन्दकला राना १२५९४ सहित अग्रस्थानमा छिन् ।

यस्तै, माओवादी केन्द्रकी शान्ति अधिकारीले ११५८९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६३११ प्राप्त गरेका छन् ।

धनगढीमा जम्मा ६३७१५ मत खसेको छ ।