NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चुनाव सकिएपछि पहिलोपटक बस्यो सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक केहीबेरअघि सकिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

सरकारले जेठ १० गते नीति तथा कार्यक्रम पेस गर्दै छ । बैठकमा संसद्मा पेस हुन लागेको सरकारको सोही नीति तथा कार्यक्रमबारे छलफल भएको बताइएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि सहभागी थिए ।

वैशाख ३० गते स्थानीय तहको चुनाव भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूको पहिलोपटक बैठक बसेको हो ।

गत जेठ ३ गते प्रधानमन्त्री देउवाका भाइ प्रमबहादुरको निधन भएको थियो । त्यसयता देउवा पारिवारिकबाहेक पार्टी कार्यक्रम, बैठक वा सार्वजनिक ठाउँमा देखिएका थिएनन् ।