NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ ।

निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ११ हजार ७ सय ५८ मतले अगाडि रहेका छन् । अब सात हजार ४८९ मत गणना बाँकी छ ।

हमालले २४ हजार ५२९ मत पाएका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नृपबहादुर वडले १२ हजार ७७१ मत पाएका छन् । वड निवर्तमान मेयर हुन् ।