NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका मेयरमा लौरो चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

जारी मतगणनामा सम्पाङले कांग्रेसका किशोर राई र मञ्जु भण्डारी सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् ।

मतगणना जारी रहँदा साम्पाङको मत दोस्रो स्थानमा रहेका कांग्रेसका राईभन्दा ४ हजारभन्दा बढी पुगेको छ ।

गन्न बाँकी मतभन्दा साम्पाङको अग्रता बढी भएसँगै उनी विजयी भएका हुन् । यद्यपि, मतगणना नसकिएकाले औपचारिक घोषणा हुन भने बाँकी छ ।