NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

माछापुच्छ्रे बैंकका संस्थापकले सेयर बिक्री गर्दै, कस कसले पाउँछन् आवेदन दिन ?

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापकले सेयर बिक्री गरेका छन् । बैंकका संस्थापक सरद कुमार नेपालले उनको स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेको जनाइएको छ ।

नेपालले उनको नाममा रहेको १२ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । उक्त बिक्री सेयरमा माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक संस्थापकले माछापुच्छ्रे बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र निवेदन दिनुपर्ने छ ।

बैंकका अनुसार सेयरको दर भने तोकिएको छैन् । उक्त अवधिभर संस्थापकबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारण लगानीकर्तालाई खुलाउने बैंकले जनाएको छ ।