NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चुनावपछि ओलीको अस्वाभाविक भाषण !

काठमाडौं । हरेक मञ्चमा बोल्दा माहोल तताउने एमाले अध्यक्ष केपी ओलीले आइतबार भने निक्कै अस्वाभाविक भाषण गरेका छन् । स्थानीय तहको निर्वाचन परिणाम अन्त्ययतिर पुग्नै लाग्दा एमालेले अनपेक्षित पराजय बेहोरिरहेको छ ।

संख्यामा असाध्यै कम नदेखिए पनि महानगरपालिका, उपमहानगरपालिका र परम्परागत गढ नै भत्किएपछि ओलीको पहिलो प्रतिक्रिया अब के आउला भन्ने चासो छ ।

तर आइतबार मीना श्रेष्ठकाे ‘फर्गेट एस्टर्डे’ कविता संग्रह विमोचन गर्ने क्रमको ४० मिनेटमा ओलीले राजनीति विषयमा टिप्पणी नगरेका हुन् ।

ओलीले चुनावी परिणामलाई लिएर पेचिलो व्यंग्य हान्छन् भन्ने विश्वासका बीच उनी राजनीतिक विषयमै प्रवेश गर्न नचाहेका हुन् ।

बरु सबै नेपालीहरूमा कवित्व हुने भन्दै सबैका नामको पछाडि कवि लेख्न सुझाए ।

नेपालीमा काव्य रचना, छन्द, गायन जस्ता विषयमा धेरै नै लगाव रहेको भन्दै जातैले सबै नेपाली कवि हुने बताए ।

‘अहिलेमात्रै होइन लिपी पैदा नहुँदैदेखि नेपालीले गाउँथे, छन्द र काव्य रचना गर्थे’ ओलीले भने, ‘यसैले पनि सबै नेपालीहरू जातैले कवि हुन् । सबैको नामको अन्त्यमा कवि लेखिदिए हुन्छ ।’ काव्यत, लय र दोहोरोको बेजोड क्षमता नेपालीमा भन्दा अरु कसैमा पनि नभएको टिप्पणी उनले गरे ।

नृत्यको सुरुवातदेखि हतियारको सृष्टि नेपालमा नै भएको टिप्पणी गरे ।