उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि

काठमाडौं । इंग्लिस प्रिमियर लिगका अहिले १० खेल भइरहेका छन् । यीमध्ये दुई खेल उपाधिका लागि निर्णायक छन् ।
अहिले उपाधि दौडमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल छन् । खेलअघिसम्म सिटी लिभरपुलभन्दा एक अंकले अगाडि थियो ।
तर, पहिलो हाफ सकिँदासम्म अहिले सिटी एस्टन भिल्लासँग एक गोलले पछि छ । एस्टन भिल्लाका म्याटी क्यासले ३७ औँ मिनेटमा अग्रता दिलाएका छन् ।
अर्कोतिर लिभरपुल भने उल्भसँग एक–एक गोलको बराबरीको अवस्थामा छ । उल्भका पेड्रो नेटोले खेलको तेस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर साडियो मानेले २४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका छन् ।
पहिलो हाफको अवस्थामा दुवैकाे समान ९० अंक रहेको छ । यसरी नै खेल टुंगिए हारमा बाबजुद गोलअन्तरका आधारमा सिटीले उपाधि जित्ने छ । यसर्थ, लिग जित्न लिभरपुललाई जितको खाँचो छ । लिभरपुललाई उपाधि जित्नबाट पूर्ण रुपमा रोक्न सिटीलाई पनि स्पष्ट जितको खाँचो छ ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया