NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसुरमा मुद्दा दर्ता

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा दुईवटा जाहेरी दर्ता गरेको छ ।

मिस ग्लोबल प्रतियोगिताका क्रममा एक नाबालिगलाई नशालु पदार्थ खुवाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डे पक्राउ परेपछि अर्की किशाेरी पनि प्रहरीसमक्ष पुगेकी थिइन् ।

साैन्दर्य प्रतियाेगिताकाे क्रममा बलात्कार भएकाे भन्दै टिकटकबाट घटना सार्वजनिक गरेकी युवतीकाे जाहेरी मानव बेचविखन तथा ओसारपसार र अर्की पीडित किशाेरीकाे जाहेरी बालबालिकाविरूद्धकाे कसुरअन्तर्गत दर्ता गरिएकाे छ ।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा र देशका विभिन्न सहरमा दाेषीकाे कारबाहीकाे माग गर्दै प्रदर्शन भएकाे थियाे ।

याेसँगै बिहीबार सांसदहरूले संसदमा कुरा उठाएपछि सरकारलाई छानबिन गर्न सभामुख अग्नी सापकोटाले निर्देशन दिएका थिए ।

घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघि बढाएको थियो । पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो ।

को हुन् बलात्कारको आरोप लागेका पाण्डे ?

 

फेरि बाहिरियो विद्यालयमै बलात्कार भएको सात वर्षअघिको घटना

बलात्कार आरोपी मनोज पाण्डे पक्राउ