NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

थप १० जनामा कोरोना पुष्टि, १६ जना कोरोनामुक्त 

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७६८ जनामा परीक्षण गर्दा पिसीआर विधिमा आठ जना र एन्टीजेन विधिमा दुई जना गरी थप १० जनामा कोरोना पुष्टि भएका छ । योसँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या पिसीआर विधिबाट ९ लाख ७९ हजार ७६ र एन्टीजेन विधिबाट एक लाख ४० हजार २११ पुगेको छ ।

गत २४ घण्टामा १६ जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ९९१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।सोमबार एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

सोमबार १३३ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३१ हजार ३८८ रहेको मन्त्रालयले जनाएको छ ।