इन्धनको मूल्यवृद्धि विरुद्ध १३ विद्यार्थी संगठन सडकमा, संघर्षको कार्यक्रम सार्वजनिक
काठमाडौं । एकहप्ता नबित्दै सरकारले इन्धनको मूल्यबृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले सरकारको ध्यानाकषर्ण गराएका छन् । इन्धनबृद्धिका कारण जनताको दैनिक उपभोग्य वस्तुमासमेत चरम मूल्यवृद्धि भएको आरोप लगाएका छन् ।
सोमबार सत्तारुढ र प्रतिपक्षीका भातृसंगठनले नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायत १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।
दैनिक जीवनसँग जोडिएको पेट्रोल, डिजेल, मट्टितले लगायत इन्धनमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले मूल्यवृद्धि भएको एकहप्ता नपुग्दै इन्धनको मूल्य १० रुपयाँ बढाएको छ । अहिले पेट्रोलको मूल्य १८०, डिजेर र प्रेट्रोलको मूल्य १६३ पुगेको छ ।
ताजा अपडेट
-
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
-
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ५ निर्णय
-
नवीन सोचसहित स्वदेशमै रोजगारी सिर्जना गर्न जेन–जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह
-
प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाँदै, प्रतिनिधिमण्डलमा को-को?
-
स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी


प्रतिक्रिया