NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

वीरगञ्ज महानगरपालिका जसपाको पोल्टामा, मेयर बने सिंह

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) को पोल्टामा परेको छ । निवर्तमान मेयरसमेत रहेका एमालेका विजय सरावगीलाई फराकिलो मतान्तरमा हराउँदै जसपाका राजेशमान सिंह मेयरमा निर्वाचित भएका हुन् ।

जसपाका सिंहले ४६ हजार २ सय १५ मतका साथ जित दर्ता गराउँदा सरावगी २३ हजार ६ सय ७१ मतमा खुम्चिए ।

राप्रपाका गिरीश गिरी तेस्रो भए । उनले ३ हजार ३ सय १३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् ।