NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

त्रियुगाको स्थगित मतगणना आजबाट

काठमाडौं । विवादपछि स्थगित उदयपुरको त्रियुगा नगरपालिकाको पुनः मतगणना हुने भएको छ । मतदान कार्यमा भएको ढिलाइले उत्पन्न विवादका कारण सञ्चालन हुन नसकेको मतगणना गर्ने तय भएको हो ।

उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले त्रियुगा नगरपालिकाको स्थगित मतगणना अघि बढाउने तयारी थालिएको जानकारी दिए ।

त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा ढिलोसम्म मतदान भएपछि विवाद भएको थियो । यसबारे अध्ययन गर्न पुगेका आयोगका आयुक्त रामप्रसाद भण्डारीको प्रतिवेदन दिएको थियो । आयोगको प्रतिवेदनपछि निर्वाचन आयोगले सोमवार तत्काल मत गणना सुरु गर्ने निर्णय गरेको हो ।