NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पोखरामा एमालेलाई धक्का, मेयरमा धनराज आचार्य विजयी

काठमाडौं । अन्ततः एमालेको गढ भत्काउँदै पोखरा माहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् ।

गठबन्धनबाट उम्मेदवारी दिएका आचार्य ५८ हजार ८९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका छन् । आचार्यको मतान्तर ६ हजार ४४५ रहेको छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ दोस्रो पटक विजयी भएकी छन् । गुरुङले ६० हजार ५४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।

काठमाडौंपछिको सबैभन्दा धेरै मतदाता भएको महत्वपूर्ण महानगरमा आफूबाट विभाजित शक्तिले शान्दार जित निकाल्दा एमालेलाई ठूलो धक्का लागेको छ । गत निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको थियो ।