NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

व्यास नगरपालिकामा पुनः मतगणना गर्न जोशीको माग

दमौली । व्यास नगरपालिकाको मेयर पदका उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको माग गरेका छन् । नेपाली कांग्रेसका वैकुण्ठ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको लागि माग गरेका हुन् ।

बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले मतगणना निष्पक्ष रुपमा नभएको भन्दै निर्वाचन आयोगमा पुनः मतगणनाको माग गरेका हुन् ।

वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाइएको र वडा न ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक उनीहरुको पक्षमा परिणाम निकालिएको आरोप जोशीले लगाएका छन् ।