NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बाइडेनले एसिया छोड्नेबित्तिकै उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण

प्योङयाङ । उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाले यस्तो दाबी गरेको हो । सियोलका अधिकारीहरूले प्योङयाङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम समयमा क्षेप्यास्त्रहरु प्रहार गरिएको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन पाँच दिने एसिया भ्रमणबाट फर्किएका बेला उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गरेको हो । एसिया भ्रमणमा आएका बाइडेन जापान र दक्षिण कोरिया पुगेका थिए ।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै धेरै ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ । जापानले बुधबार कम्तीमा दुईवटा मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको छ । यद्यपी जापानले यसको संख्या बढी हुन सक्ने बताएको छ ।

जापानका रक्षामन्त्री नोबुओ किशीले पहिलो मिसाइलले करिब ३०० किलोमिटरको दुरी र ५५० किलोमिटरको उचाइमा प्रहार गरेको बताए ।

उही समयमा, दोस्रो मिसाइल ५० किलोमिटर उचाई र लगभग ७५० किलोमिटर टाढा पुग्यो । यसले जापान र अन्तर्राष्ट्रिय समुदायको शान्ति, स्थायित्व र सुरक्षालाई खतरामा पार्ने उनको भनाइ छ ।

अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले यसभन्दा अघि नै बाइडेनको भ्रमणका क्रममा उत्तर कोरियाले हतियार परीक्षण गर्न सक्ने चेतावनी दिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष