NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमालेले किन बोलायो संसदीय दलको बैठक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

सरकारको आ.व. २०७८/ ०७९ को नीति तथा कार्यत्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पढेर सुनाएकी थिइन् । विगत ९ महिना देखि संसद अवरोध जारी राखेको एमालेले योपटक खुला गरेको छ । बैठकमा नीति तथा कार्यक्रममाथि एमालेको आधिकारिक धारणा बनाउने नेता शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङले बैठममा चुनावी परिणामबारे पनि अध्यक्ष केपी ओलीबाट सांसदहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको जानकारी दिए । बजेट अघि सरकारले नीति तथा कार्यक्रम ल्याउने प्राबधान छ । जेठ १५ मा सरकारले आ.व. २०७८ /०७९ बजेट प्रस्तुत गर्दैछ ।