NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माओवादीले गर्‍यो चुनावको समीक्षा : मधेसमा बाहेक पार्टी सफल

काठमाडौं । स्थानीय तह निर्वाचनमा तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले निर्वाचिन जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने निर्णय गरेको छ ।

निर्वाचन परिणामबारे समीक्षा गर्न प्रचण्ड निवास खुमलटारमा बुधबार बसेको पूर्वस्थायी कमिटी बैठकले वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेतसहितको प्रशिक्षण टोली बनाएको छ ।

बैठकले जेठ २० गते केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाएको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । यसैगरी स्थानीय तह निर्वाचनमा तुलनात्मक रूपमा पार्टी सफल भए पनि मधेस प्रदेशलगायत केही स्थानमा पराजय हुनुको कारणबारे समीक्षा हुने बैठकले निष्कर्ष निकालेको छ ।

‘विगतको भन्दा तुलनात्मक रूपमा पार्टीले केही सुधार गरे पनि मधेसमा पार्टीको पराजयबारे समीक्षा गर्नुपछर्,’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै नेता पोखरेलले भने ।

त्यस्तै बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सफल बनाउनेबारे छलफल भएको थियो ।