NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन, उपमेयरमा सुनिता विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (वालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

साह कांग्रेसकी सिर्जना सिंह र डंगोल एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई फराकिलो अन्तरमा हराउँदै विजयी भएका हुन् ।

सुरुवातदेखि नै प्रतिस्पर्धीभन्दा निकै अगाडि लागेका साहले जित दर्ता गराउँदा ६१ हजार ७६७ मत हासिल गरे ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ३८ हजार ३४१ मतमा रोकिइन् ।

एमालेकी केशव स्थापित तेस्रो स्थानमा सीमित भए । उनले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा विजयी एमालेकी डंगोलले ६८ हजार ६१२ मत हासिल गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।