NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तिलोत्तमाको मेयर कांग्रेसको पोल्टामा

काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।

नेकपा एमालेका मोहन चापागाईंलाई पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् ।

खाँणले २४ हजार ३९६ मतका साथ जित हासिल गर्दा चापागाईं २३ हजार ६३१ मतमा रोकिए ।

मेयरका लागि गरेको दोस्रो प्रयासमा खाँण विजयी बनेका हुन् । उनी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए ।

उपमेयरमा एमालेकी जगेश्वरी चौधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याइन् भने हेमन्त पाण्डेले ११ हजार ५४६ मत पाए ।