NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

इन्धनमा लगाइँदै आएको कर घट्यो, शीर्षकबारे निर्णय हुन बाँकी 

काठमाडाै‌ । पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटेको छ। जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो।

कुन शीर्षकमा कति कर घटाउने भन्ने निर्णय हुन भने बाँकी छ। प्रतिनिधि सभाको संसदमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यस विषयमा अहिले अर्थमन्त्रालयमा गृहकार्य भइरहेको बताए।

अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।

त्यस्तै स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा निगमले आफ्ना सबै बिक्रीको १ प्रतिशत रकम जम्मा गर्छ।

निगमको बिमासहित प्रशासनिक एवं बिक्री खर्च र उसको प्राविधिक नोक्सानीका लागि थप १ दशमलव ७७ रुपैयाँ जोडिन्छ।

 

ताजा अपडेट

नेपालवाच विशेष