NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यी काठमाडौंको मेयर उम्मेदवार जसले एक भोट पनि ल्याएनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा ५५ जना उम्मेदवार उठेका थिए ।

यीमध्ये स्वतन्त्र उम्मेदवार रोशन शाहीले भने एक मत पनि पाएनन् । स्थानीय तहमा आफू मतदाता भएको ठाउँमा मात्र उम्मेदवार बन्न पाइन्छ । यसको अर्थ शाही आफैं काठमाडौं महानगरमा मतदाता हुन् । तर, उनले आफ्नो मत पनि नपाएको तथ्य निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

शाहीले भालु चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । उनी आफैँले प्रतिस्पर्धी उम्मेदवारलाई भोट हाले वा उनको मत बदर भयो अथवा उनी मतदानमै उपस्थित भएनन्, यो भने खुलेको छैन ।

बालेनको धन्यवाद र्‍यालीमा उनकै प्रतिस्पर्धी पनि सँगै – NepalWatch