NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

हिटलरको अन्तिम दिन

विवाह र पार्टी गरे अनि आफैंमाथि गोली चलाए

अप्रिल २५, सन् १९४५ देखि हिटलरको जीवनमा एउटै उद्देश्य थियो, आफ्नो मृत्युको लागि तयारी गर्नु । अप्रिल २५ मा नै आफ्नो व्यक्तिगत अंगरक्षक हेन्ज लिङलाई बोलाएर उनले भने, ‘मैले आफैंलाई गोली हानेपछि तिमीले मेरो शवलाई चान्सेलरीको बगैंचामा लगेर आगो लगाइदिनु । मेरो मृत्युपछि मलाई कसैले देख्ने छैन । यसपछि तिमी मेरो कोठामा आएर एन्टोन ग्राफले बनाएको फ्रेडरिक महानको चित्रबाहेक मैले प्रयोग गर्ने सबै चीजलाई जम्मा गरेर जलाइदेउ । त्यो चित्रलाई मेरो ड्राइभरले सुरक्षित रुपमा बर्लिनबाट बाहिर लैजानेछ ।’

आफ्नो जीवनको अन्तिम समयमा हिटलर जमिनभन्दा ५० फिट तल बनाएको बंकरमा काम गर्थे र त्यहीँ सुत्थे । आफ्नो मन पर्ने कुकुर ब्लोन्डीलाई डुलाउन चान्सलरी बगैंचामा बेला बेला पुग्ने गर्थे । त्यहाँ चारैतर्फ बमले ध्वस्त भएको भवनका अवशेषहरुमात्र थिए ।

हिटलर बिहान ५ वा ६ बजे सुत्न जान्थे र दिउँसो उठ्थे । हिटलरका निजी सचिव त्राउदी जुंगा अन्तिम क्षणसम्म बंकरमा हिटलरको साथमा थिइन् । त्राउदीले भनिन्, ‘पछिल्ला १० दिन हाम्रा लागि साँच्चै दुःस्वप्न जस्तै थिए । हामी बंकरमा लुकेका थियौं र रुसीहरु नजिक आइरहेका थिए । हामीले उनीहरुको बन्दुकको गोली, बम र गोलाहरु स्पष्ट सुन्न सक्थ्यौं । हिटलर बंकरमा कोही आएर आफूलाई बचाउने पर्खाइमा थिए । तर उनले सुरुदेखि युद्ध नजिते बर्लिन नछोड्ने र आफ्नै हातले मर्ने स्पष्ट गरिसकेका थिए । यसकारण हामीलाई के हुँदैछ अब भन्ने थाहा थियो ।’

हामी सबैलाई हिटलरले २२ अप्रिल, १९४५ मा इच्छा भए बर्लिन छोड्न सक्ने बताए । सबैभन्दा पहिला उनकी प्रेमिका इभा ब्राउन बोलिन्, ‘म तपाईंलाई छोडेर कतै जानेछैन, म यहीँ बस्नेछु ।’

उनले आफ्नो काँधको बीचमा टाउको निहुराउँदा बुढो गिद्धजस्तो आभास हुन्थ्यो । उनको सम्पूर्ण व्यक्तित्वमा सबैभन्दा परिवर्तन आएको उनको चाल थियो । उनी मदिरा सेवन गरेर मातिएकोजस्तो गरी हिँड्थे । सायद यो बम विस्फोटले कानमा पुर्याएको क्षतिका कारण हुन सक्छ । उनी थोरै पर पुग्थे र फेरि टेबल समात्थे । ६ महिनाको अन्तरमा उनी १० वर्ष बुढो भइसकेका थिए 

त्यही बेला हिटलरका एक मन्त्री अल्बर्ट स्पियर उनलाई बिदाइ गर्न बंकरमा आएका थिए । त्यतिबेलासम्म हिटलरको व्यक्तित्वमा धेरै परिवर्तन आइसकेको थियो ।

जीवनको अन्तिम सातामा हिटलरको अवस्था यस्तो भइसकेको थियो, उनीप्रति दया देखाउन मात्रै सकिन्थ्यो । उनको पूरै शरीर काँपिरहेको थियो र काँधहरु सुकेका थिए । उनको लुगा पनि फोहोर थियो र निकै शान्त थिए ।

हिटलरको त्यसबेलाको हालत ‘द लाइफ एन्ड डेथ अफ एडोल्फ हिटलर’ लेख्ने रोबर्ट पेनले वर्णन गरेका थिए । उनले लेखेका छन्, ‘हिटलरको अनुहार सुन्निएको थियो र असंख्य चाउरी परेका थिए । घरीघरी उनको दायाँ हात काँप्थ्यो । त्यसलाई रोक्न उनले बायाँ हातले समात्थे ।’

उनले आफ्नो काँधको बीचमा टाउको निहुराउँदा बुढो गिद्धजस्तो आभास हुन्थ्यो । उनको सम्पूर्ण व्यक्तित्वमा सबैभन्दा परिवर्तन आएको उनको चाल थियो । उनी मदिरा सेवन गरेर मातिएकोजस्तो गरी हिँड्थे । सायद यो बम विस्फोटले कानमा पुर्याएको क्षतिका कारण हुन सक्छ । उनी थोरै पर पुग्थे र फेरि टेबल समात्थे । ६ महिनाको अन्तरमा उनी १० वर्ष बुढो भइसकेका थिए ।

विवाहपछि कफी पिउँदै हिटलरले गोएबेल्सको विवाहमा सहभागी भएका दिन सम्झिन थाले । फेरि अचानक उनको मूड बदलियो र उनी बोले, ‘सबै सकियो । मलाई सबैले धोका दिए 

बंकरमा आफ्ना अन्तिम दिन बिताइरहँदा हिटलरले इभा ब्राउनसँग विवाह गरेर आफ्नो सम्बन्धलाई वैधता दिने निश्चित गरेका थिए । रोबर्ट पेनले लेखेका छन्, ‘गोएबल्सले सोचे कुनै वाल्टर वाग्नरले उनको विवाह गरिदिनेछन् । उनलाई कसरी खोज्ने समस्या थियो । एक सिपाही पठाएर उनलाई साँझ हिटलरको बंकरमा ल्याइयो तर विवाहको प्रमाणपत्र साथमा ल्याउन बिर्सिएका थिए ।’

हिटलरको विवाह

प्रमाणपत्र लिन उनी फेरि आफ्नो घर फर्किए । वाग्नर भिषण रुसी गोलीबारीको बीचमा भग्नावशेषले भरिएको सडकहरु हुँदै हिटलरको बंकरमा फर्किए । त्यतिबेला विवाहको भोज सुरु हुन लागेको थियो । हिटलर र इभा ब्राउन उत्सुकतापूर्व उनीहरुलाई पर्खिरहेका थिए । हिटलरले गोएबल्स र ब्राउनले बोर्मनलाई आफ्नो विवाहको साक्षी बनाए ।

‘विवाहको सर्टिफिकेटमा हिटलरको हस्ताक्षर मरेको किराजस्तो देखियो । इभा ब्राउनले विवाहभन्दा पहिलाकै नाम ब्राउन लेखिन् । फेरि उनले त्यसलाई काटेर इभा हिटलर ब्राउन लेखिन् । गोएबेल्सले हस्ताक्षर अगाडि डाक्टर लेख्न बिर्सेनन् । प्रमाणपत्रमा तारिख २९ अप्रिल लेखियो । यो गल्ती थियो । विवाह गर्दागर्दै राति १२ बजेर २५ मिनेट गइसकेको थियो । त्यसमा अप्रिल ३० लेख्नु पर्ने थियो ।’

 

विवाहपछि भोजमा बोर्मन, गोएबेल्स, माग्दा गोएबेल्स, जनरल क्रेब्स, जनरल बर्गडर्फ, हिटलरका दुई निजी सचिव र उनका शाकाहारी भान्से पनि सहभागी थिए ।

विवाहपछि कफी पिउँदै हिटलरले गोएबेल्सको विवाहमा सहभागी भएका दिन सम्झिन थाले । फेरि अचानक उनको मूड बदलियो र उनी बोले, ‘सबै सकियो । मलाई सबैले धोका दिए ।’

जीवनको अन्तिम दिन हिटलर केही घण्टा सुते । उठेर नुहाए । कपाल काटिसकेपछि हिटलरले आफ्ना सेनापतिहरुलाई भेटे । उनीहरुसँग आफ्नो अन्त्यनजिकै रहेको बताए । सोभियत सिपाहीहरु जुनसुकै बेला आफ्नो बंकरमा प्रवेश गर्न सक्छन् भने ।

‘आत्महत्याको योजना बनाएका हिटलरले प्रोफेसरलाई बोलाएर साइनाइडको क्याप्सुललाई विश्वास गर्न सकिने वा नसकिनेबारे सोधे । यो परीक्षण उनको कुकुरमाथि गर्न सकिने सल्लाह दिए । कुकुरमाथि परीक्षण गरेर हिटलरलाई परीक्षण सफल भएको रिपोर्ट बुझाए ।

हिटलर आफैंले त्यो दृश्य हेर्ने आँट गरेनन् । उनको मृत्युपछि ब्लोन्डी र उसका ६ वटा बच्चालाई एउटा बाकसमा राखेर चान्सेलरीको बगैंचामा ल्याइयो । कुकुरका बच्चाहरु अझै पनि आफ्ना आमाको स्तनमा टाँसिएका थिए । त्यसपछि हिटलरका अंगरक्षक ओटे गुएनसेले उनीहरुलाई गोली हानेर मारे र ती सबैलाई एउटै बाकसमा त्यहीँ गाडियो ।

साढे दुई बजे हिटलर आफ्नो अन्तिम भोजन गर्न बसे । त्यही बेला गुएनसेलाई २०० लिटर पेट्रोलको व्यवस्था गर्न भनियो ।

खाना खाएपछि हिटलरले अन्तिमपटक आफ्ना साथीसँग भेट्न आए । उनले साथीहरुको अनुहार नै नहेरी हात मिलाए । हिटलरकी पत्नी इभा ब्राउन पनि उनीसँगै थिइन् । उनले गाढा निलो रंगको पोशाक र खैरो रंगको इटालियन जुत्ता लगाएकी थिइन् । उनको हातमा हिराजडित प्लाटिनमको घडी थियो । फेरि दुवै जना कोठाभित्र गए ।

त्यतिबेला माग्दा, गोएबेल्स ढोकामा चिच्याउँदै आइन् ‘हिटलरले आत्महत्या गर्नुहुँदैन ।’

हिटलरले माग्दालाई भेट्न चाहेनन् । उनी ढोका लगाएर कोठाभित्रै बसे ।

ढोकाबाहिर उभिरहेका हेन्ज लिङ्गले हिटलरले कहिले गोली हाने थाहा पाएनन् । उनले अलिअलि बारुदको गन्ध आएपछि मात्रै यसको महसुस गरे ।

बोर्मनले हिटलरको कोठाको ढोका खोल्न आदेश दिए । ढोका खोल्दा हिटलरको टाउको टेबुलमा झुन्डिरहेको थियो। इभा ब्राउन घुँडा र छाती जोडिएर सोफामा लडिरहेकी थिइन्

रोकस मिस्च हिटलरको बंकरमा टेलिफोन अपरेटर थिए । उनले भनेका थिए, ‘अचानक मैले हिटलरको परिचारकलाई कसैले कराएको सुने, सायद हिटलर रहेनन् । तिनीहरुले बन्दुकको आवाज सुने होलान् तर मैले सुनिनँ । त्यही समय हिटलरका निजी सचिव बोर्मनले सबैलाई चुप लाग्न भने । कसैले कानेखुशी गरिरहेका थिए ।

त्यसपछि बोर्मनले हिटलरको कोठाको ढोका खोल्न आदेश दिए । ढोका खोल्दा मैले हिटलरको टाउको टेबुलमा झुन्डिएको देखे । इभा ब्राउन घुँडा र छाती जोडिएर सोफामा लडेकी थिइन् । उनले गाढा निलो रंग लगाएकी थिइन् । सायद उनले मर्ने बेला हात फैलाइन् होला, त्यसकारण त्यहाँ राखिएको फूल खस्यो । यो दृश्य म कहिल्यै बिर्सन सक्दिनँ ।’

यसपछि हिटलरको शव लिङ कम्बलमा लपेटेर चान्सलरी बगैंचामा गए । बोर्मनले इभा ब्राउनको शव उठाए । हिटलरका जीवनीकार इयान कर्शन लेख्छन्, ‘यो दृश्य हिटलरका सबै साथीहरुले बंकरको ढोकाबाट हेरे । हिटलर र उनकी श्रीमतीको शरीरमा आगो लगाउँदा सबैले हात उठाएर ‘हेल हिटलर’ भने र बंकरमा फर्के । त्यसबेला जोडले हावा चलिरहेको थियो ।

जब आगो कम भयो, थप पेट्रोल हालियो । आगो साढे दुई घण्टासम्म निरन्तर बलिरह्यो । रातको ११ बजे गुएनसेले एसएस सिपाहीलाई जलेको शव गाड्न पठाए । केही दिनपछि जब सोभियत अन्वेषकहरुले हिटलरको अवशेष फेला पारे । त्यो सबै बाहिर निकाल्दा त्यहाँ केही बाँकी थिएन । त्यहाँ एउटा डेन्टल ब्रिज भेटिएको थियो । सन् १९३८ देखि हिटलरका लागि काम गर्ने दन्त चिकित्सकले त्यो डेन्टल ब्रिज हिटलरकै भएको प्रमाणित गरे ।