NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानसेनापति शर्मा किन जाँदैछन् अमेरिका ?

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा एक महिनापछि अमेरिका जाने भएका छन् । प्रधानसेनापति भएपछि शर्माको पहिलो अमेरिका भ्रमण हुन लागेको हो ।

नेपालमा अमेरिकी अधिकारीहरूको बाक्लो भ्रमणपछि प्रधानसेनापति अमेरिका जान लागेका हुन् ।
रक्षा मन्त्रालय स्रोतका अनुसार भ्रमणको तयारी भइरहेको छ तर औपचारिकताका लागि मन्त्रिपरिषदले प्रधानसेनापतिसहित आधा दर्जन सैन्य अधिकारीको भ्रमण स्वीकृत गर्न भने बाँकी छ ।

रक्षा मन्त्रालयले १२ देखि १८ असारसम्म प्रधानसेनापति, उनकी श्रीमती तथा चारजना सैन्य अधिकारीको भ्रमण स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । प्रधानसेनापति शर्मा अमेरिकी सेनाका प्रमुख चिफ अफ द स्टाफ जनरल जेम्स सी म्याक कोन्भिलको निमन्त्रणामा अमेरिका जाने तयारीमा छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी भइरहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।