लिभरपुललाई पाखा लगाउँदै रियलले जित्यो च्याम्पियन्स लिगकाे उपाधि
काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबल २०२१-२२ को उपाधि जितेको छ ।
इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।
खेलको ५९ औं मिनेटमा उरुग्वेयन मिडफिल्डर फेडेरिको भाल्भर्डेको पासमा ब्राजिलियन खेलाडी भिनिसियसले गोल गरेका हुन् ।
लिभरपुलले भने गोलका केही राम्रा अवसर गुमाएको थियो ।
यससँगै रियलले कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । लिभरपुल ६ पटकको विजेता हो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया