हराएको जहाजबारे यस्तो छ पछिल्लो अपडेट
काठमाडौं । पोखराबाट जोमसामका लागि उड्दा हराएको तारा एयरलाइन्सको जहाज हालसम्म ‘लोकेट’ हुन सकेको छैन ।
घटनास्थलसम्म पुग्नका लागि यतिबेला सेना र प्रहरीकै टोली परिचालित भएका छन् । प्रहरीको टोलीलाई यतिबेला हेलिकोप्टरले नौरिकोटमा लगेर छोडेको छ भने सेनाको टोली नर्सिङ गुम्बाबाट घटनास्थलतर्फ गइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार प्राधिकरण आफैंले पनि वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरेको फोनसँगै जहाजमा हुने इमर्जेन्सी लोकेटर ट्रान्समिटरको आधारमा ठाउँ पत्ता लगाउने कोशिस भइरहेको छ ।
हालसम्म दुर्घटनाको स्थल आधिकारिक रूपमा भेटिइसकेको छैन । लेतेका स्थानीयले त्यहाँको टिटि डाँडामा जहाज दुर्घटना भएकोबारे प्रहरीलाई खबर गरेका थिए ।
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया