NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बजेटमा कृषि : बाँझो जग्गा कृषकलाई लिजमा

काठमाडौं । सरकारले बाँझो र उपयोगविहिन जग्गा कृषि सहकारीलाई लिजमा उपलब्ध गराउने भएको छ ।

आर्थिक बर्ष २०७९/०८० को बजेट मार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो । सरकारले यसै बर्षदेखि धान गहुँ, मकैै, दूधको न्यूनतम मूल्य तोक्ने र किसानको उत्पादन खाद्य व्यापार कम्पनीले खरिद गर्ने निर्णय गरेको छ ।

यस्तै किसानसँग सरकार भन्ने कार्यक्रम घोषणा गरेको छ । किसान पेन्सन बिउ बिजनका लागि सरकारले बजेट छुट्याएको छ ।

सबै स्थानीय तहमा कृषि गर्वाधान सेवा पु¥याउने घोषणा गरेको छ । देशभर १०० खाद्य गोदाम स्थापना गर्न ४५ करोड रुपैयाँ छुट्याएको छ ।