धान, मकै, गहुँ र दूधको न्यूनतम मूल्य तोकिने
काठमाडौं । सरकारले कृषिजन्य उत्पादन जस्तै धान, मकै, गहुँ र दूधको न्यूनतम मूल्य तोकिने जनाएको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
‘अब धान, मकै, गहुँ र दूधको न्यूनतम समर्थन मूल्य तोकिने छ’, उनले भने ।
त्यस्तै यी उत्पादन खाद्य व्यापार कम्पनीले खरिद गर्ने जनाइएको छ ।
सरकारले किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अब विनियोजन गरेको छ । किसानसँग सरकार कार्यक्रमअन्तर्गत सरकारले किसान पेन्सन योजनाको घोषणासमेत गरेको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया