NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पर्यटन प्रबर्दनमा ९ अर्ब लगानी गर्ने, १० लाख पर्यटक भित्र्याउने

काठमाडौँ । सरकारले यो बर्ष पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पर्यटक भित्र्याएर व्यापार घाटा न्युनिकरणको उपाय रोजेको सरकारले पर्यटन पवद्धनमा ठूलो अंकको बजेट छुट्याएको हो ।

सरकारले यसै बर्षदेखि सुरु हुने गरी दुई घण्टामा सगरमाथा वेसक्याम्पसम्म पुग्ने गरी द्रुत मार्ग निर्माण गर्ने घोषणा गरेको छ । दुई घण्टामा सगरमाथा जाने गरी सडक विस्तार गर्न आवश्यक बजेट विनियोजन गरेको छु, अर्थमन्त्री शर्माले भने ।

यस्तै मुक्तिनाथ जाने सडक स्तरउत्नती गर्ने र कृतिपुरमा जनजाति संग्राहलय बनाउने सरकारले घोषणा गरेको छ ।

अर्थ मन्त्री शर्माले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाे बताए ।