NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सर्वोच्चले रोकेको निजगढ विमानस्थल बजेटमा समेटियो

काठमाडौँ । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया नरोक्ने सन्देश दिएको छ ।

सर्वोच्च अदालतले वातावरणिय प्रभाव देखाउँदै त्यस ठाउँमा विमानस्थल नबनाउन आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश आएको एक साता नवित्दै सरकारले सार्वजनिक गरेको बजेटमा निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कार्यक्रम बजेटमा समेटिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने बताएका छन् ।

उनले गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत २ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् ।

हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।